जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप « Khabarhub

जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस(एएफपी)- जर्मनीकी चान्सलर एन्गेला मर्केलले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् ।

पहिलो चरणको खोप स्वरुप उनलाई अस्ट्राजेनिका खोप लगाइएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए ।

उनीहरूको सिफारिस अनुसार नै आफ्नो सुरक्षा र आम नागरिकलाई खोपप्रति आकर्षण गर्न उनले खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो चरणको अस्ट्राजेनिका खोप लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले शुक्रबार लेखेकी छन् ।

चान्सलर मर्केलले हरेक व्यक्तिले यो खोप लगाउनु पर्नेमा पनि जोड दिइन् । त्यसका लागि सरकारले खोप अभियान चलाएको उनको भनाइ छ ।

खोपले कोरोना भाइरसको महामारी न्युनिकरण गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरिन् । यो खोप हानीकारक रहेको भन्दै केही समय विभिन्न देशहरूले लगाउन छाडेपनि अहिले भने फेरि सुरु गरेका छन् । त्यही शिलशिलामा जर्मनीमा पनि लगाउन थालिएको हो ।

झण्डै १६ वर्षपछि चान्सलरको जिम्मेवारीबाट मुक्त हुन लागेकी ६६ वर्षीया मर्केललाई विश्वकै प्रभावशाली नेतृको रूपमा लिइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : १० बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका