जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप « Khabarhub

जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस(एएफपी)- जर्मनीकी चान्सलर एन्गेला मर्केलले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् ।

पहिलो चरणको खोप स्वरुप उनलाई अस्ट्राजेनिका खोप लगाइएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए ।

उनीहरूको सिफारिस अनुसार नै आफ्नो सुरक्षा र आम नागरिकलाई खोपप्रति आकर्षण गर्न उनले खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो चरणको अस्ट्राजेनिका खोप लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले शुक्रबार लेखेकी छन् ।

चान्सलर मर्केलले हरेक व्यक्तिले यो खोप लगाउनु पर्नेमा पनि जोड दिइन् । त्यसका लागि सरकारले खोप अभियान चलाएको उनको भनाइ छ ।

खोपले कोरोना भाइरसको महामारी न्युनिकरण गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरिन् । यो खोप हानीकारक रहेको भन्दै केही समय विभिन्न देशहरूले लगाउन छाडेपनि अहिले भने फेरि सुरु गरेका छन् । त्यही शिलशिलामा जर्मनीमा पनि लगाउन थालिएको हो ।

झण्डै १६ वर्षपछि चान्सलरको जिम्मेवारीबाट मुक्त हुन लागेकी ६६ वर्षीया मर्केललाई विश्वकै प्रभावशाली नेतृको रूपमा लिइन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : १० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र