प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी « Khabarhub

प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

एभर्टनको मैदानमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो । ह्यारी केनले २७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर ३१औँ मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई खेलमा फर्काए ।

६२औँ मिनेटमा सिगुर्डसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए ।

६८औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए ।

एभर्टनविरुद्ध दुई गोल गरेका केनले चोट समेत बोक्न पुगे । चोटका कारण केन खेलको ९०औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै एभर्टन ३१ खेलमा ४९ अंकसहित आठौं स्थानमा छ । टोटेनहम ३२ खेलमा ५० अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ११ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का