गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो | Khabarhub Khabarhub

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- गर्मी बढेसँगै सर्लाही सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढेको छ ।

गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि  मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा समस्या विकराल बन्ने खतरा बढेको छ ।

नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा  लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग  लाग्न सक्ने सम्भावना बढदै गएको मलङ्गवाका स्थानीयवासी सुन्दरश्याम यादवले बताए ।

सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलङ्गवा नगरपालिकाअन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी राजेश पासवानले बताए ।

उचित सरसफाइ हुन नसक्दा मलङ्गवा बजार क्षेत्र तथा  टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ । गत वर्ष  नगरपालिकाले छर्केको औषधियुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलङ्गवा नगरपालिका–२ का स्थानीयवासी विजय साहले बताए । स्था

नीय बासिन्दाले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् । मलङ्गवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित  सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको अनुमान छ ।

दैनिकीरुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाइकर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताएका छन् ।

उनले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा यस वर्ष पनि औषधि छर्किने बताए । नगरपालिकाले सकेको गर्दै गर्दा पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : ४४ बजे

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको