प्रचण्ड ओलीले बोलाएको सर्वदलीय बैठकमा नजाने « Khabarhub

प्रचण्ड ओलीले बोलाएको सर्वदलीय बैठकमा नजाने


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बोलाइएको आजको बैठकमा अध्यक्ष प्रचण्ड नजाने प्रचण्डको सचिवालयले जनाएको छ । शुक्रबार भने प्रचण्डले प्रधानमन्त्रीले टेलिफोन गरेको भन्दै भेटेर कुरा गर्ने बताएका थिए ।

ललितपुरको एउटा कार्यक्रमका क्रममा प्रचण्डले सार्वजनिक मञ्चबाट नै प्रधानमन्त्रीले फोन गरेको जानकारी दिँदै भेटेर कुराकानी गर्ने बताए पनि आजको सर्वदलीय बैठकमा भने सहभागी नहुने निर्णय गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

बालुवाटार नजाने निर्णय गर्नुअघि उनले एमाले नेता माधवकुमार नेपालसँग फोनमा कुराकानी गरेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रले भने सर्वदलीय बैठकका लागि निम्तो नै नआएको दाबी गरेको छ भने बालुवाटारले भने सबैलाई बोलाइएको जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ०३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना