‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्दै दिवेस « Khabarhub

‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्दै दिवेस


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा रनरअप बनेका आर्थर गन अर्थात् दिवेस पोखरेल नयाँ संस्करणको ‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्ने भएका छन् ।

‘म अचम्मित र उत्साहित छु । अघिल्लो संस्करण मेरा लागि नम्र अनुभव थियो । नयाँ संस्करणमा कमव्याक आर्टिष्टका रुपमा गाउन पाउदा खुशी लागेको छ’, दिवेसले भनेका छन् ।

बिलबोर्डमा प्रकाशित समाचारअनुसार कोभिड १९ को विश्वव्यापी महामारीका कारण अघिल्लो संस्करणका प्रतिष्पर्धीहरुले आ–आफ्नो घरबाटै भर्चुअल प्रविधिमार्फत प्रतिष्पर्धा गरेका थिए ।

आयोजकले कोभिडका कारण स्टेज प्रस्तुति दिन नपाएका र योबीचमा कुनै रेकर्ड लेबलसँग सम्झौता नगरेका प्रतिष्पर्धीलाई गायनको मौका दिइने जनाएको छ ।

आगामी सोमबार अघिल्लो संस्करणका १० प्रतियोगीले लसएञ्जल्समा रहेको सीबीएस टेलिभिजन सिटीमा आफ्नो प्रस्तुति दिनेछन् । प्रतिस्पर्धाबाट एक जना नयाँ संस्करणको उत्कृष्ट १० भित्र पर्नेछन् ।

यो सिजनमा आर्थरसँगै अघिल्लो संस्करणका फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस छानिएका छन् ।

अमेरिका जानु अघि दिवेसले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम सार्वजनिक गरेका छन् । उनले यो बाहेक ‘म’, ‘खोज’ र ‘कर्णाली’ गरी तीन सिंगल पनि बजारमा ल्याइस्केका छन् ।

‘अमेरिकन आइडल’को नयाँ विजेता मे २३ मा छनोट हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ३० बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित