‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्दै दिवेस | Khabarhub Khabarhub

‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्दै दिवेस


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १८ औं संस्करणमा रनरअप बनेका आर्थर गन अर्थात् दिवेस पोखरेल नयाँ संस्करणको ‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्ने भएका छन् ।

‘म अचम्मित र उत्साहित छु । अघिल्लो संस्करण मेरा लागि नम्र अनुभव थियो । नयाँ संस्करणमा कमव्याक आर्टिष्टका रुपमा गाउन पाउदा खुशी लागेको छ’, दिवेसले भनेका छन् ।

बिलबोर्डमा प्रकाशित समाचारअनुसार कोभिड १९ को विश्वव्यापी महामारीका कारण अघिल्लो संस्करणका प्रतिष्पर्धीहरुले आ–आफ्नो घरबाटै भर्चुअल प्रविधिमार्फत प्रतिष्पर्धा गरेका थिए ।

आयोजकले कोभिडका कारण स्टेज प्रस्तुति दिन नपाएका र योबीचमा कुनै रेकर्ड लेबलसँग सम्झौता नगरेका प्रतिष्पर्धीलाई गायनको मौका दिइने जनाएको छ ।

आगामी सोमबार अघिल्लो संस्करणका १० प्रतियोगीले लसएञ्जल्समा रहेको सीबीएस टेलिभिजन सिटीमा आफ्नो प्रस्तुति दिनेछन् । प्रतिस्पर्धाबाट एक जना नयाँ संस्करणको उत्कृष्ट १० भित्र पर्नेछन् ।

यो सिजनमा आर्थरसँगै अघिल्लो संस्करणका फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस छानिएका छन् ।

अमेरिका जानु अघि दिवेसले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम सार्वजनिक गरेका छन् । उनले यो बाहेक ‘म’, ‘खोज’ र ‘कर्णाली’ गरी तीन सिंगल पनि बजारमा ल्याइस्केका छन् ।

‘अमेरिकन आइडल’को नयाँ विजेता मे २३ मा छनोट हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ३० बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ