टुकोनको महिला विभाग गठन « Khabarhub

टुकोनको महिला विभाग गठन


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले महिला विभाग गठन गरेको छ ।

नवगठित महिला विभागको प्रमुखमा सुशिला गिरी, उपाध्यक्षमा संगिता रिमाल, अनिता ठकुरी र मनमिरा श्रेष्ठ, सचिबमा सविना हुमागाईं र यमुना पुरी, कोषाध्यक्षमा सिजन श्रेष्ठ तथा सदस्यहरुमा विमला गिरी, सिमा राजवाहक, सविना थापा, जानुका रिजाल, सम्झना नेवा र गोमा विडारी रहेका छन् ।

नवगठित विभागका पदाधिकारी तथा सदस्यहरुलाई ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारी तथा राप्रपा वागमती प्रदेशका सांसद रिता माझीले खादा एवं टिका लगाएर स्वागत गरेका थिए ।

समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सांसद रिता माझीले महिलाहरु पनि पुरुषहरुसरह जस्तोसुकै काम गर्न पनि सक्षम भएको प्रमाणित गर्न टुकोन आवद्ध महिला विभागले उदाहरणीय कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले महिला श्रमिकहरुलाई ज्यालामा हुनेगरेको विभेदका विरुद्धमा नवगठित महिला विभागले आवाज वुलन्द गर्ने विश्वास व्यक्त गदै भर्खरै केन्द्रीय महाधिवेशन सम्पन्न गरेको टुकोनले चाँडै नै अन्य विभागहरुलाई पूर्णता दिएर महासंघलाई अझ सशक्त बनाउने दृढता व्यक्त गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ५२ बजे

एकापसमा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा

एमाले अध्यक्ष ओलीको पक्षमा उभिँदा चरित्र हत्या र धम्की, अमिशाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं- गत शनिबार पक्राउ गरिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपालको हुलाकले बालेन ‘स्पिड’मा ‘डिजिटल डेलिभरी’ दिनसक्छ ?

सरकार गठन लगत्तै शनिबार सय बुँदे कार्ययोजना सार्वजनिक गरिसकिएको छ

न्यायिक क्षेत्रमा अर्को उपलब्धि : सुशीलापछि सपनाले गर्दैछिन् सर्वोच्च अदालतको नेतृत्व

काठमाडौं- नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको

ऊर्जा मन्त्रालयमा `सुशासन एकाइ´ गठन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप