टुकोनको महिला विभाग गठन « Khabarhub

टुकोनको महिला विभाग गठन


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले महिला विभाग गठन गरेको छ ।

नवगठित महिला विभागको प्रमुखमा सुशिला गिरी, उपाध्यक्षमा संगिता रिमाल, अनिता ठकुरी र मनमिरा श्रेष्ठ, सचिबमा सविना हुमागाईं र यमुना पुरी, कोषाध्यक्षमा सिजन श्रेष्ठ तथा सदस्यहरुमा विमला गिरी, सिमा राजवाहक, सविना थापा, जानुका रिजाल, सम्झना नेवा र गोमा विडारी रहेका छन् ।

नवगठित विभागका पदाधिकारी तथा सदस्यहरुलाई ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारी तथा राप्रपा वागमती प्रदेशका सांसद रिता माझीले खादा एवं टिका लगाएर स्वागत गरेका थिए ।

समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सांसद रिता माझीले महिलाहरु पनि पुरुषहरुसरह जस्तोसुकै काम गर्न पनि सक्षम भएको प्रमाणित गर्न टुकोन आवद्ध महिला विभागले उदाहरणीय कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले महिला श्रमिकहरुलाई ज्यालामा हुनेगरेको विभेदका विरुद्धमा नवगठित महिला विभागले आवाज वुलन्द गर्ने विश्वास व्यक्त गदै भर्खरै केन्द्रीय महाधिवेशन सम्पन्न गरेको टुकोनले चाँडै नै अन्य विभागहरुलाई पूर्णता दिएर महासंघलाई अझ सशक्त बनाउने दृढता व्यक्त गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : ५२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना