बालिकालाई यौन धन्दामा लगाएको अभियोगमा कोटेश्वरबाट होटल सञ्चालक पक्राउ « Khabarhub

बालिकालाई यौन धन्दामा लगाएको अभियोगमा कोटेश्वरबाट होटल सञ्चालक पक्राउ


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौँको कोटेश्वरबाट एक होटल सञ्चालकलाई पक्राउ परेका छन् ।

प्रहरीको मानव बेजविखन अनुसन्धान ब्यूरोको टोलीले बालिकालाई वेश्यावृत्तिमा लगाएको भन्दै कोटेश्वरस्थित एक होटल सञ्चालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेका छन् ।

ब्यूरोका प्रवक्ता अनुराज द्विवेदीका अनुसार होटल सञ्चालका माथि बाललिकालाई शुरूमा वेटर भनेर राखिएपनि पछि वेश्यावृत्तिमा लगाएको आरोप छ ।

शुरूमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबरजस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यो विषयमा अहिले अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : २२ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि