यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘किमा शाही कवाफ’ « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘किमा शाही कवाफ’


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामग्री :

५०० ग्राम किमा (इच्छा अनुसारको मटन, चिकेन, बफ र भेज जुनसुकै पनि लिनसकिन्छ) १०० ग्राम चनाको दाल (पिँधेको), १०० ग्राम प्याज, अदुवा, हरियो खुर्सानी, ५० ग्राम कर्नफ्लोर, ५० ग्राम ब्रेडक्राम, हरियो धनियाँ ३ मुठा, ल्वाङ ३ ग्राम, दालचिनी ३ ग्राम, सुकुमेल, एउटा अण्डा, एक चिया चम्चा गरम मसला, १०० ग्राम सोयाविन तेल, नुन, अजिनोमोटो इच्छा अनुसार ।

बनाउने विधि :

अलिकति तेल, किमा, नुन, दाल, अदुवा, ल्वाङ, दालचिनी, सुकुमेल, बेसार, प्याज, हरियो खुर्सानी, जिरा, धनियाँ, अजिनोमोटो एक चम्चा सबै मलेर त्यसमा थोरै पानी राखी राम्ररी पकाउनु, पानी सुकेपछि बाहिर निकाली सेलाएपछि अण्डा, कर्नफ्लोर, गरम मसला, ब्रेडक्राम मिलाई राम्ररी मल्नु र चारपाटे, गोलो आकारको बनाई पुनः फ्राई गर्नु अन्तमा सस् वा अचारसँग खान योग्य भयो । यो परिकार पार्टीमा स्न्याक्सको रूपमा पनि लिन सकिन्छ भने इच्छा अनुसारको घरैमा तयार गरेर पनि खान सकिन्छ ।

साभार : सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : २२ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु