एस्टन भिल्लाविरुद्ध क्रिस्टल प्यालेसको पुनरागमन जित | Khabarhub Khabarhub

एस्टन भिल्लाविरुद्ध क्रिस्टल प्यालेसको पुनरागमन जित


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लाविरूद्ध पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा क्रिस्टलले एस्टन भिल्लालाई ३-२ गोलले पराजित गरेको हो ।

खेलको १७औँ मिनेटमा जोन म्याकगिनले गोल गर्दै एस्टनलाई अग्रता दिलाए पनि  त्यो अग्रता ३१ मिनेटभन्दा बढी टिकेन ।

३२औँ मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याए ।

४३औँ मिनेटमा अनवर एल घाजीले गोल गर्दै एस्टनलाई २-१ को अग्रता दिलाए । तर यो अग्रता पनि दोस्रो हाफको ७५ औँ मिनेटभन्दा बढी रहेन ।

७५औँ मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै क्रिस्टललाई २-२ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा ट्रीक मिचेलले गरेको गोल निर्णायक बन्यो र अन्ततः क्रिस्टलले खेल ३-२ ले जित्यो ।

जितसँगै ३६ खेलमा ४४ अंक जोडेको क्रिस्टल लिगको १३औँ स्थानमा छ । ४९ अंक रहेको एस्टन ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ४० बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै