एस्टन भिल्लाविरुद्ध क्रिस्टल प्यालेसको पुनरागमन जित « Khabarhub

एस्टन भिल्लाविरुद्ध क्रिस्टल प्यालेसको पुनरागमन जित


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लाविरूद्ध पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा क्रिस्टलले एस्टन भिल्लालाई ३-२ गोलले पराजित गरेको हो ।

खेलको १७औँ मिनेटमा जोन म्याकगिनले गोल गर्दै एस्टनलाई अग्रता दिलाए पनि  त्यो अग्रता ३१ मिनेटभन्दा बढी टिकेन ।

३२औँ मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याए ।

४३औँ मिनेटमा अनवर एल घाजीले गोल गर्दै एस्टनलाई २-१ को अग्रता दिलाए । तर यो अग्रता पनि दोस्रो हाफको ७५ औँ मिनेटभन्दा बढी रहेन ।

७५औँ मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै क्रिस्टललाई २-२ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा ट्रीक मिचेलले गरेको गोल निर्णायक बन्यो र अन्ततः क्रिस्टलले खेल ३-२ ले जित्यो ।

जितसँगै ३६ खेलमा ४४ अंक जोडेको क्रिस्टल लिगको १३औँ स्थानमा छ । ४९ अंक रहेको एस्टन ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ४० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ