ज्याकीको जुत्ता र कपडा सम्हाल्थे सलमान | Khabarhub Khabarhub

ज्याकीको जुत्ता र कपडा सम्हाल्थे सलमान


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता सलमान खानको फिल्म उद्योगमा केही विशेष व्यक्ति छन्, जसको साथ उनी कहिल्यै छोड्दैनन् । सलमानका यस्तै प्रगाढ सम्बन्ध अभिनेता ज्याकी श्राफसँग छ ।

नवभारत टाइम्सका अनुसार सलमानको ज्याकीसँग सम्बन्ध उनी एक मोडल र सहायक निर्देशकका रुपमा फिल्ममा काम गर्दादेखि भएको हो ।

सलमानले मोडलिङ गरिरहँदा ज्याकी त्यो समयको स्टार थिए । ज्याकी आफ्नै कारणले सलमानले बलिउडमा ब्रेक पाएको मान्छन् ।

‘म सलमानलाई एक मोडल र सहायक निर्देशकका रुपमा चिन्दथें । फिल्म ‘फलक’को सुटिङको समयमा सलमानले मेरो कपडा र जुत्ता सम्हाल्थ्यो । उनी सानो भाइका रुपमा मेरो हेरविचार गर्थे’, ज्याकीले भनेका छन् ।

सलमानले ज्याकीलाई हेरविचार गरिरहँदा ज्याकी भने सलमानको तस्बिर निर्माताहरुलाई देखाउथे । अन्ततः केसी बोकाडियाका ज्वाइँले सलमानलाई बलिउडमा ब्रेक दिए ।

सलमानले फिल्म ‘मैंने प्यार किया’बाट बलिउडमा पाइला चाले । तर ज्याकी आफ्नो कारणले सलमानले ब्रेक पाएको दाबी गर्छन् । ‘हामी निकै नजिक छौं । जब कुनै समस्या आउँछ, तब उसले मलाई सुनाउछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १२ : ३५ बजे

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति