मेक्सिकन सुन्दरीलाई ‘मिस युनिभर्स’को उपाधि « Khabarhub

मेक्सिकन सुन्दरीलाई ‘मिस युनिभर्स’को उपाधि


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– ‘मिस मेक्सिको’ एन्ड्रिया मेजाले ६९ औं संस्करणको ‘मिस युनिभर्स’को उपाधि जितेकी छन् । २६ वर्षीया एन्ड्रियाले ७३ देशका सुन्दरीलाई पछि पार्दै यो उपाधि पोल्टामा पारेकी हुन् ।

एबीपीलाइभका अनुसार ५ फूट ११ इञ्चकी एन्ड्रिया सफ्टवेयर इञ्जिनियर हुन् । उनी मेक्सिकोको चिहुवाहुवा सहरकी हुन् । जहाँ उनको पुरा परिवार बस्छन् ।

उनी चिहुवाहुवाकी आधिकारिक पर्यटन दुत हुन् । एन्ड्रियाले आफ्नो ठाउँमा घुम्न आउने पर्यटकलाई त्यहाँको स्थानीय संस्कृति प्रदर्शन गर्छिन् ।

महिला अधिकारका विषयमा उनी उत्तिकै सक्रिय छिन् । उनले म्युनिसिपल इनिस्टिच्यू फर वुमेनसँग नजिक रहेर काम गरेकी छन् । संस्थाको उद्देश्य लैंगिक हिंसा अन्त्य गर्नु हो ।

उनी एक सर्टिफाइट मेकअप आर्टिष्ट र मोडल हुन् । उनी क्रसफिस र एक्स्ट्रीम स्पोर्टसको शौखिन हुन् ।

समाज र जनावरप्रति विशेष सोच राख्ने एन्ड्रिया शाकाहारी हुन् । उनी विश्वलाई नै शाकाहारी भोजनका लागि प्रोत्साहित गर्छिन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ३ : १० बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार