खैरोहिरोईन ब्राउनसुगर सहित तीन युवक पक्राउ « Khabarhub

खैरोहिरोईन ब्राउनसुगर सहित तीन युवक पक्राउ


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापा जिल्लाको झापा गाँउपालिका-२ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगरसहित तीन जना युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् ।

पैदल हिँडिरहेका तीनै जनालाई जेठ २ गते राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको हो ।

यसरी ब्राउनसुगर सहित पक्राउ परेका तीनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ३ : २० बजे

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ