प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन « Khabarhub

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ ।

गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताए । उनले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए ।

“हामी विकास निर्माणका काममा तल्लीन छौँ, तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ”, पौडेलले भने । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उहाँको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताए । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र विकासप्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उनले भने ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १० : ०१ बजे

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम– सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति