लुटपाट गरेको आरोपमा हतियारसहित दुईजना पक्राउ « Khabarhub

लुटपाट गरेको आरोपमा हतियारसहित दुईजना पक्राउ


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गरेको आरोपमा दुईजनालाई सर्लाहीबाट प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदा छन् । वैशाख २६ गते राति ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकका चालक र एउटा पिकअप गाडीका सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बीआर ३० यू ७७७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एक थान नलकटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान सुनको हनुमानी र टल्किने ज्याकेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

चालक र सहचालकसँग नगद ३७ हजार रुपैयाँ विभिन्न कम्पनीको पाँच थान मोबाइल, सुनको हनुमानी लगायतका सामान लुटेको घटनामा उनीहरु संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुवैजनालाई डाँका तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको कुँवरले बताए ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ४५ बजे

निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ – गृह मन्त्रालयले बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना पक्राउ, चार मदिरा पसल सिल

रुपन्देही – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन