बी एण्ड सीले मेडिकल कलेजको सम्बन्धन पाउँदै, केयूले गर्‍यो सिफारिश « Khabarhub

बी एण्ड सीले मेडिकल कलेजको सम्बन्धन पाउँदै, केयूले गर्‍यो सिफारिश


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय (केयू)ले झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ ।

केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सम्बन्धन प्रक्रिया अगाडि बढाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले दबाब दिँदै आएका थिए । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण गरेको थियो ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको बी एण्ड सीलाई शिक्षण अस्पतालको सम्बन्धन दिने सरकारी निर्णयको लामो समयदेखि विरोध हुँदै आएको छ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले उक्त अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन नदिन भन्दै पटक पटक विरोध गर्दै आएका थिए ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ३० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को