चीनबाट आइपुग्यो थप ९७५ अक्सिजन सिलण्डर « Khabarhub

चीनबाट आइपुग्यो थप ९७५ अक्सिजन सिलण्डर


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरि थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ ।

यससँगै अब चीनबाट कुल १ हजार ३७५ वटा सिलिण्डर नेपाल आएका छन् । नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार यो तीन उडानबाट नेपाल ल्याइएको हो ।

यस्तै, १७५ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाजले आज र भोलि पनि बेइजिङ उडान गर्दैछ । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने उनले जानकारी दिए ।

उनले अब सिलिण्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटर समेत बोक्न सक्ने जानकारी समेत गराएका छन् ।

नेपाल एयरलाइन्सको जहाजले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याएको हो । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५६० थान अक्सिजन सिलिण्डर नेपाल ल्याएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ४० बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट