विपन्नलाई निःशुल्क कोरोना उपचार « Khabarhub

विपन्नलाई निःशुल्क कोरोना उपचार


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालेको छ ।

क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीया, नेपाल सशस्त्र प्रहरी अस्पतालका डाक्टर रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गरेका हुन् । सेन्टरले कोभिड विरामीको रगत परीक्षणको आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ ।

अस्पताल भर्ना हुनुपर्ने बिरामीका लागि नेपाल–भारत मैत्री अस्पताल चावहिलमा अक्सिजनसहित १५ शय्याको आइसोलेसन सेन्टर रहेको क्लबका सदस्य विवेक शर्माले जानकारी दिए । त्यहाँ चिकित्सकसहितको सुविधा उपलब्ध छ ।

सेन्टरमा दैनिक ५० देखि ८० कोरोना सङ्क्रमित बिरामीले सेवा लिइरहेका छन् । क्लबले गतवर्ष कोरोनाको समयमा अक्सिजन बैँक स्थापना बिरामीलाई निःशुल्क वितरण गरेको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : ०१ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट