एनआईसी एशिया बैंकले ल्यायो ‘क्यास ब्याक’ अफर « Khabarhub

एनआईसी एशिया बैंकले ल्यायो ‘क्यास ब्याक’ अफर


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, मो बैंक गरौँ’ योजना सार्वजनिक गरेको छ।

बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग (एनआइएसी एसिया मोबैंक) एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सकिने छ र यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्। यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ।

ग्राहकहरूले एनआइएसी एसिया मोबैंक प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोगेस ट्राकिङ आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नेछन्।

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आइसर्भिस प्लाटफर्मको विकास गरी तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  २ : ४३ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट