अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय « Khabarhub

अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना महामारीको स्थिति अझै केही साता चुनौतीपूर्ण हुने जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको जनाएको हो । मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा अवलम्वन गर्न समेत आग्रह गरेको छ ।

‘स्वास्थ्य क्षेत्र यसरी लागि पर्दा पनि यो संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘ अबका केही हप्ता अझै पनि चुनाैतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने देखिन्छ ।’

खुलेआम भइरहेका विवाह, भोजभतेर, पूजाजस्ता कार्यक्रमले संक्रमण बढिरहेको भन्दै तत्काल त्यस्ता कार्य रोक्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

कोरोना महामारी एउटाको प्रयासले मात्र नियन्त्रण गर्न नसकिने भन्दै सबैको सहयोग अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी सूचना

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : ०४ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट