अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय « Khabarhub

अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना महामारीको स्थिति अझै केही साता चुनौतीपूर्ण हुने जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको जनाएको हो । मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा अवलम्वन गर्न समेत आग्रह गरेको छ ।

‘स्वास्थ्य क्षेत्र यसरी लागि पर्दा पनि यो संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘ अबका केही हप्ता अझै पनि चुनाैतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने देखिन्छ ।’

खुलेआम भइरहेका विवाह, भोजभतेर, पूजाजस्ता कार्यक्रमले संक्रमण बढिरहेको भन्दै तत्काल त्यस्ता कार्य रोक्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

कोरोना महामारी एउटाको प्रयासले मात्र नियन्त्रण गर्न नसकिने भन्दै सबैको सहयोग अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी सूचना

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : ०४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब