बाइडेन-पुटिन भेटमा अमेरिका-रूस सम्बन्ध सुधारको प्रयास « Khabarhub

बाइडेन-पुटिन भेटमा अमेरिका-रूस सम्बन्ध सुधारको प्रयास


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटवार्ता भएको छ ।

एकअर्काको प्रशंसा गर्दै बाइडेन र पुटिनले स्वीट्जरल्याण्डको जेनेभामा तीन घण्टा विताएका छन् ।

सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति भने कायम गर्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गरेका छन् । रुसले नयाँ शीतयुद्ध नचाहेको पनि उनले बताए ।

रुसी राष्ट्रपति पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले ‘समान धारणा’ राखेको जनाएका छन् ।

दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे पनि छलफल थाल्ने भएका छन् । यस्तै सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि फिर्ता गरिएका दुवै देशका राजदूतलाई फेरि कार्यक्षेत्रमा पठाउन बाइडेन र पुटिन सहमत भएका छन् ।

यस्तै साइबर सुरक्षा, हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा पनि बाइडेन र पुटिनबीच कुराकानी भए पनि त्यसमा कुनै ठोस सहमति नभएको जनाइएको छ ।

भेटमा बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा पुटिलाई उपहार दिएका थिए । तर, पुटिनले उनलाई के उपहार दिए भन्ने केही खुलाइएको छैन ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : ०५ बजे

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित