तीन प्रदेशमा 'भारी' वर्षाको सम्भावना, सर्तक रहन आह्वान | Khabarhub Khabarhub

तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सर्तक रहन आह्वान


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।

मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । शुक्रबार र शनिबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘देशका अधिकांश स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू-भागमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : ४० बजे

संसद्को अवरोध चाँडै हट्छ : विष्णु पौडेल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको तयारी पूरा

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू)को भाषा तथा आमसञ्चार विभागले आइतबार

सडक डिभिजनले भन्यो : बालेनले कानुनी राज्यको उपहास गरे

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै

देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव

कास्की – पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको