‘सामाजिक अभियन्ता’को दबाबमा सरुवा भएका असई मणिकान्त फेरि महाराजगञ्जमा « Khabarhub

‘सामाजिक अभियन्ता’को दबाबमा सरुवा भएका असई मणिकान्त फेरि महाराजगञ्जमा


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘सामाजिक अभियन्ता’ भन्नेहरुको दबाबमा महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा गरिएका असई मणिकान्त झालाई पुनः सोही कार्यालयमा फिर्ता गरिएको छ ।

आफैँले आफैँलाई अभियन्ता दाबी गर्दै हिँड्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै दुर्व्यवहार खेपे लगत्तै सरुवा गरिएका असई मणिकान्तलाई फेरि महाराजगञ्जमै फिर्ता गरिएको हो ।

मणिकान्तलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखानामा तानिएको थियो । काज फिर्ता भएपछि उनी बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन् ।

के थियो घटना ?

गत जेठ ११ गते ड्युटीमा खटिएका मणिकान्तसहितको ट्राफिक प्रहरीको टोलीले निषेधाज्ञाको बेला पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई रोकेर नियमअनुसार होल्ड गराएका थिए।

सामान्य विवाद भएपछि उनीहरुले असई मणिकान्तले आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए । त्यसपछि  उनकै कार्यालय महाराजगञ्ज पुगेका संग्रौलासहितको टोलीले असई झामाथि दुर्व्यवहार गर्दै सञ्चारकर्मीसमेत बोलाएर भिडियो खिच्न लगाएका थिए ।

उक्त भिडियो केही दिनअघि ‘भाइरल’ भयो । भिडियोमा देखिएअनुसार संग्रौलासहितको टोलीले ‘झा‘ मधेशी‘ अब मधेशतिरै गएर खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन‘ जस्ता नश्लीय शब्दसहित दुर्व्यवहार गरेका थिए।

यतिमात्र होइन भिडियोमा संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो ? नाम सुनेको छ ? प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि । तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला । म ठेगान लगाइदिन्छु, एनीहाउ सरुवा हुनुपर्छ, गराइदिन्छु’ भनेर प्रहरी कार्यालयभित्रै असईलई धम्क्याएको देखिन्छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : ०५ बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको