समयमै सुरुङ बन्द गर्दा दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना « Khabarhub

समयमै सुरुङ बन्द गर्दा दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना

८ जना कामदार अझै बेपत्ता


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्ची आयोजनाले सुरुङभित्र प्राविधिक परीक्षणका लागि लागि मंगलबार बिहान ११ बजे सुरुङको गेट बन्द गर्‍यो ।

त्यससँगै सुन्दरीजलबाट पानी खाली गर्ने काम शुरु गर्‍यो ।

साँझतिर मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गयो र केही बेर खोला थुनिन पुग्यो ।

आयोजना क्षेत्र बाढी पस्यो र मानवीय, पूर्वाधार एवम् धनजनको क्षति समेत हुन पुग्यो ।

प्रकोपले आयोजनाको क्याम्पहरु, उपकरण, निर्माण सामग्री, पहुँच सडक तथा पुलहरु बगाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिले बुधवार साँझ विज्ञप्ति जारी गर्दै आयोजनाको मुख्य सुरुङ यथास्थितिमा रहेकाले मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति भने नभएको बताएको छ ।

समितिका प्रवक्ता राजेन्द्र पन्तकाअनुसार हेडबक्स नजिकै क्याम्प साईट बाढीले बगाएपछि रातिदेखि नै प्रहरी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको खोजी समेत भइरहेको छ ।

बुधवार बिहान हेल्किप्टरमार्फत उद्धार गरिएका ७६ जनाको काठमाडौँ र धुलिखेलमा उपचार भइरहेको छ ।

‘आयोजनासँग सम्बन्धित ८ जना (३ चिनियाँ, ३ भारतीय, र २ जना नेपाली) नागरिक अझैं पनि सम्पर्कविहीन अवस्थामा छन्’ उनले भने, ‘उनीहरुको खोजी जारी छ ।’

उनकाअनुसार सो क्षेत्रमा पानीको सतह बढिरहेको छ । बाढीसँगै आएको लेदोले पुरै जमिन छोपेको छ ।

‘पानीको सतह कम भएपछि वास्तविक क्षति कति भएको छ भन्ने विवरण निकाल्नेछौं’ उनले भने ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १२ : ४५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर