मेलम्चीका बाढी पीडितलाई काठमाडौँ महानगरको सहयोग « Khabarhub

मेलम्चीका बाढी पीडितलाई काठमाडौँ महानगरको सहयोग


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।

मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न महानगरले सहयोग घोषणा गरेको हो ।

मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो ।

मेलम्चीलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  २ : ३० बजे

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्