यो सालको बाढीका होइनन् यी चार तस्वीर « Khabarhub

यो सालको बाढीका होइनन् यी चार तस्वीर



काठमाडौँ– मेलम्ची नदीमा २०७७ साल असार १ गते मंगलबार साँझदेखि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा घर लगायतका संरचनालाई क्षति गर्नुका साथै मानवीय क्षतिसमेत भएको छ ।

बाढी शुरु भएदेखि नै तस्वीर र भिडियोहरु सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरेका छन् । #prayforsindhupalchowk र #prayformelamchi ह्यासट्यागसहित सिन्धुपाल्चोकमा गएको बाढीका तस्वीर र भिडियो भन्दै सेयर गरिएको छ ।

फेसबुकमा यहाँ र ट्वीटरमा यहाँ ती तस्वीर सेयर गरिएका छन् । टिकटकमा पनि #prayforsindhupalchok ह्यासट्यागसहित यहाँ भिडियोहरु सेयर भएका छन् । यसरी सेयर भएका तस्वीरहरु मध्ये अधिकांश हालकै घटनाका भएपनि केही तस्वीर नेपालकै पहिलेका बाढी र पहिरोका भएको साउथ एसिया चेकले फेला पारेको छ ।

हामीले तथ्य जाँच गरेका कैयौं तस्वीरहरुमध्ये चारवटा तस्वीर भ्रामक रहेको फेला परेको छ ।

पहिलो तस्वीर

माथि देखिएको बाढीको तस्वीर सिन्धुपाल्चोककै हो तर यो यस वर्षको बाढीको नभई पोहोर सालको बाढीको तस्वीर हो । उक्त तस्वीरलाई हामीले गुगल रिभर्स सर्च गरी हेर्दा हिमालयन टाइम्सको एक समाचारमा फेला पार्‍यौँ । २०७७ साल असार २५ गते प्रकाशित उक्त तस्वीर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु बजारको रहेको पाइयो । उक्त तस्वीरको स्रोत राष्ट्रिय समाचार समिति उल्लेख गरिएको छ ।

दोस्रो तस्वीर

यो तस्वीर सिन्धुपाल्चोक जिल्ला हुँदै जाने अरनिको राजमार्गमा सँगैको भोटेकोशी किनारको बस्तीमा गएको पहिरोको रहेछ । हालैको पहिरोका तस्वीर भन्दै सेयर गरिएको यो तस्वीर ४ वर्ष अघिको भएको फेला परेको छ । हिमालयन टाइम्स प्रकाशित एक समाचार अनुसार उक्त तस्वीर २०७३ असार २५ गते खिचिएको हो । उक्त तस्वीर तपसि धम्मा (Ttapassi Dhamma) नामक फेसबुक एकाउन्टबाट लिइएको उल्लेख छ ।

तेस्रो तस्वीर

यो तस्वीरलाई हामीले गुगल रिभर्स सर्च गर्दा द काठमाण्डु पोष्टको एक समाचारमा फेला पार्‍यौँ । २०७४ असार १४ गते प्रकाशित ‘दोलखाको पहिरोमा ४ जना बेपत्ता’ शीर्षकको समाचारमा यो तस्वीर प्रयोग गरिएको छ । तर उक्त तस्वीरमा विस्तृत जानकारी दिइएको छैन भने स्रोत पनि खुलाइएको छैन ।

चौथो तस्वीर

यो तस्वीरलाई हामीले गुगल रिभर्स सर्चमार्फत सेतोपाटीमा फेला पार्‍यौँ । ‘आजका तस्वीरहरु असार २९’ शीर्षक समाचारमा उक्त तस्वीर तनहुँमा आएको बाढीको रहेको उल्लेख छ । तनहुँको बुल्दीखोलामा आएको बाढीले डुबानमा परेको घरको यो तस्वीर राष्ट्रिय समाचार समितिका कृष्ण न्यौपानेले लिएका हुन् ।

सेतोपाटीमा असार २९ मात्र लेखेको हुनाले कुन सालको तस्वीर हो यो भनी पत्ता लगाउन ‘किवर्ड सर्च’ गर्दा हामीले उक्त तस्वीर अंग्रेजी दैनिक द राइजिङ नेपालले प्रकाशित गरेको फेला पार्‍यौँ । उक्त तस्वीर २०७७ साल असार २९ को रहेछ ।

यसरी सिन्धुपाल्चोकमा आएको बाढीको तस्वीरहरुमध्ये पहिलेका बाढी पहिरोका तस्वीर समेत राखी सामाजिक सञ्जालमा सेयर गरी भ्रम फैलाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ३ : ५० बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको