निषेधाज्ञा उल्लंघन गर्ने ५३५ सवारी साधनमाथि कारबाही « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने ५३५ सवारी साधनमाथि कारबाही


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने ५३५ वटा सवारी साधनमाथि कारबाही गरिएको छ ।

विहीबार ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चलाइएका सवारी साधनमाथि कारबाही गरेको हो ।

जसमा  ४२८ ओटा दुई पाङग्रे, ८० ओटा चारपाङ्ग्रे, ४ ओटा ट्याक्सी र २३ ओटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

असार १ गतेदेखि ७ गतेसम्म केही खुकुलो गर्दै निषेधाज्ञा थप भएको हो । निषेधाज्ञा खुकुलो  बनाएपछि उपत्यकामा सवारी साधानको अत्यधिक चाप बढेको छ ।

ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ भने चेकजाच पनि कडाइ गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ४ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना