पूर्व माओवादीहरुबीचको एकता असान्दर्भिक : नेता गजुरेल | Khabarhub Khabarhub

पूर्व माओवादीहरुबीचको एकता असान्दर्भिक : नेता गजुरेल


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा क्रान्तिकारी माओवादीका दोस्रो बरियताका नेता सीपी गजुरेलले पूर्व माओवादीहरुबीचको एकता सान्दर्भिक नभएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा भएको भर्चुअल पत्रकार अन्तरक्रिया कार्यक्रममा गजुरेलले पूर्व माओवादीहरुबीचको एकताको बारेमा अहिले हल्ला फिँजाइएको बताए ।

कतिपय पूर्वमाओवादी नेताहरुले मालेमावादी विचार नै त्यागेको उल्लेख गर्दै उनले अलग अलग विचार र दृष्टिकोण राख्नेहरुबीच एकताको कुनै सम्भावना नरहने स्पष्ट गरे ।

पूर्व माओवादी भनिएका बाबुरामहरु मालेमावादी विचार नै परित्याग गरेर जसमामा पुगेको र बादलहरु केपी ओलीको सबभन्दा ‘बफादार हनुमान’ बन्न पुगेको गजुरेलले आरोप लगाए ।

‘पूर्व माओवादीहरु अहिले तितरबितर भई बाबुरामहरु मालेमावादी विचार नै परित्याग गरेर जसमामा पुगेको र बादलहरु केपी ओलीको सबभन्दा बफादार हनुमान बन्न पुगेको अवस्था छ’, गजुरेलले भने–‘राजनीतिमा भावनात्मक कुरा गरेर मात्र हुँदैन ।’ एकता भनेको विचार र राजनीतिको आधारमा हुने उनले स्पष्ट गरे ।

१३ वटा राजनीतिक पार्टी तथा संगठनहरुबीच कार्यगत एकता भए पनि संघीय जनगणतन्त्र कि वैज्ञानिक समाजवाद भन्नेमा फरक दृष्टिकोण रहेको पनि गजुरेलले बताए । उनले नेत्रविक्रम चन्द विप्लवले अघि सारेको जनमत संग्रहको कुरालाई अस्वीकार गरे ।

संसारमा कहिँ पनि जनमत संग्रहबाट वैज्ञानिक समाजवादको स्थापना नभएको उल्लेख गर्दै उनले नेपालमा नयाँ जनवादी क्रान्ति नै सम्पन्न नभएको अवस्थामा जनमत संग्रहबाट वैज्ञानिक समाजवादको स्थापना असम्भव नभएको बताए । विप्लवले प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गर्दै शान्ति प्रक्रियामा आएसँगै संसदीय ब्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह हुनुपर्ने माग गर्दै आएका छन् ।

एउटै रणनीतिक मोर्चामा रहेका गजुरेलले भने जनमत संग्रहको कुरा सैद्धिान्तिक हिसाबले नै त्रुटीपूर्ण रहेको दाबी गरे ।

नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता गम्भिर संकटमा परेको उल्लेख गर्दै गजुरेलले प्रधानमन्त्री ओली अहिले दिल्लीको रोडम्यापमा हिडेको पनि आरोप लगाए ।

ओलीको राष्ट्रघात र विदेशी हस्तक्षेपकाविरुद्ध पाँच पूर्व प्रधानमन्त्रीहरुले समेत वक्तव्य जारी गर्न बाध्य भएको उनको भनाइ थियो ।

गजुरेलले कोभिड महामारी नियन्त्रण, जनताको स्वास्थ्य उपचार, खोप, बाढीपहिरो नियन्त्रण तथा उद्धार र राहतको काममा ओली सरकार असफल रहेको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १० : ४५ बजे

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा