शेयर बजारमा १.३ अंकको गिरावट, १० अर्ब ९० करोडको कारोबार « Khabarhub

शेयर बजारमा १.३ अंकको गिरावट, १० अर्ब ९० करोडको कारोबार


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १.३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ ।

विहीबार सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले घटेर ५४१.१२ बिन्दुमा झरेको छ ।

बिहीबार कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम भएको छ । बुधबार २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँमा खरिद-बिक्री भएको बजारमा बिहीबार भने २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर कुल १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

विहीबार विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ । त्यसैगरी वित्त उपसमूहको परिसूचक यस दिन १.४२ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.१७ प्रतिशत बढेको छ । त्यसैगरी आज लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत घटेको छ ।

 

 

 

 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ५ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना