पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र « Khabarhub

पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ। ख्वाजा आसिफले अफगान तालिबानविरुद्ध ‘खुला युद्ध’को घोषणा गर्दै पाकिस्तानको धैर्य समाप्त भएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा उनले अफगान तालिबानमाथि ‘विश्वभरका आतंककारीलाई अफगानिस्तानमा जम्मा गरेको’ र ‘आतंकवाद निर्यात गरेको’ आरोप लगाएका छन्। उनले तालिवान सरकारले आफ्ना नागरिकलाई आधारभूत मानवअधिकार तथा इस्लामले महिलालाई दिएका अधिकारसमेतबाट वञ्चित गरेको दाबी गरे।

उता, अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानमा बमबारी गरेको पुष्टि गरेका छन्। तर ती हमलामा मानवीय क्षति नभएको उनको दाबी छ।

पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पाकिस्तानले काबुल, पक्तिका र कन्धारस्थित तालिबानका रक्षा संरचनालाई लक्षित गरी कारबाही गरेको बताएका छन्। उनका अनुसार पाकिस्तानको सैन्य अपरेसनमा तालिबानका दुई कोर मुख्यालय, दुई हतियार भण्डार, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय तथा ८० भन्दा बढी ट्यांक ध्वस्त पारिएको छ।

पाकिस्तानी पक्षले हालसम्मका कारबाहीमा तालिबानका १३३ सदस्य मारिएको र २०० जना घाइते भएको दाबी गरेको छ। यद्यपि यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

दुवै पक्षबीच बढ्दो आरोप–प्रत्यारोप र सैन्य गतिविधिका कारण सीमा क्षेत्रमा तनाव उच्च बनेको छ। पछिल्लो घटनाक्रमले पाकिस्तान र अफगान तालिबानबीच खुला सैन्य द्वन्द्वतर्फ अवस्था उन्मुख भएको संकेत गरेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १२ : २५ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज