कोरोना जोखिमको कारण देखाउँदै पोर्चुगलले लगायो नेपाललाई यात्रामा प्रतिबन्ध « Khabarhub

कोरोना जोखिमको कारण देखाउँदै पोर्चुगलले लगायो नेपाललाई यात्रामा प्रतिबन्ध


३ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण जोखिमको कारण देखाउँदै युरोपेली मुलुक पोर्चुगलले नेपालीलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

उसले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राख्दै जुन १५ देखि नेपालीहरुलाई यात्रामा प्रतिबन्ध लगाएको हो ।

नेपालमा कोरोनाको भारतीय भेरिएन्ट फैलिएको भन्दै पोर्चुगलले नेपालीलाई यात्रामा रोक लगाएको हो ।

पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन पोर्चुगलले अमेरिका, बेलाय, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड लगायत केही मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध नलगाए पनि कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनु पर्ने जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ५० बजे

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना

रास्वपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री साह अनुपस्थित

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो