पत्रकारहरुलाई कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

पत्रकारहरुलाई कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले यसअघि खोप लगाउन छुटेका सबै पत्रकारहरुलाई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग राख्दै रिट दायर गरेका हुन् ।

रिटको सुनुवाई आइतबारको लागि तोकिएको छ। यसअघि पहिलो र दोस्रो चरणको खोप अभियानमा केही पत्रकारहरुले कोरोनाको खोप लगाएको भएपनि अझै धेरै पत्रकारहरु कोरोनाविरुद्धको खोप लगाउनबाट बन्चित छन् । सरकारले अहिले जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना