संग्रौलाको टोलीले प्रहरीमाथि 'रंगभेदी अभिव्यक्ति' दिएको भन्दै कारबाहीको माग | Khabarhub Khabarhub

संग्रौलाको टोलीले प्रहरीमाथि ‘रंगभेदी अभिव्यक्ति’ दिएको भन्दै कारबाहीको माग


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यार्थी जनमत संघले आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति’ दिएको भन्दै कारबाहीको माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै उनीहरुले दिएको अभिव्यक्ति ‘रंगभेदी’ रहेको भन्दै कडा कारबाहीको माग गरेको हो ।

प्रहरी कार्यालयभित्रै बर्दीमा रहेका प्रहरीमाथि ‘रंगभेदी’ व्यवहार भएको भिडियो सार्वजनिक भएको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै प्रहरी कर्मचारीमाथी प्रहरी कार्यालय मै पसेर एक मधेशी प्रहरीलाई यस किसिमको गाली बेइज्जती र अपमान गर्दा पनि चुइक्क नबोल्ने नेपाल प्रहरी कस्ता हुन ? बरु कारबाहीको सट्टा धम्की दिए अनुसार नै उल्टै त्यो प्रहरीलाई सरुवा गर्नु आफैमा हास्यास्पद कुरा हो भने प्रहरी संगठन भित्र पनि विभेद रहेको कुरा प्रष्ट हुन्छ। समाजिक अभियन्ता हुँ भन्दैमा जे पनि गर्न वा भन्न मिल्छ र ? कदापी होइन ।’

संघले रंगभेदी अभिव्यक्ति दिनेहरुमाथि कारबाही नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा यस्तो भनिएको छ-

उनीहरुले प्रहरीलाई उहाँको नाम के हो भनेर सोधेको सुनिन्छ। प्रहरीले जवाफ दिन्छन्, ‘मेरो मणिकान्त झा।’ त्यसपछि सुनिन्छ, ‘तपाई मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्नु । ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो पनि हुन्छ।’

संग्रौलाको विवादास्पद ‘रंगभेदी अभिव्यक्ति’वरुद्ध बुधबार मधेशी आयोगमा समेत उजुरी परेको थियो ।

मधेशी आयोगले घटनाका विषयमा प्रहरी प्रधान कार्यालयमा जानकारी गराएसँगै सो विषयमा छानविन शुरु भएको नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

सामाजिक सञ्जालमा अहिले उनीहरुले दिएको अभिव्यक्तिको भिडियो क्लिप भाइरल बनेको छ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : १८ बजे

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन‍– नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

दोधारा चाँदनी- सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन