संग्रौलाको टोलीले प्रहरीमाथि ‘रंगभेदी अभिव्यक्ति’ दिएको भन्दै कारबाहीको माग « Khabarhub

संग्रौलाको टोलीले प्रहरीमाथि ‘रंगभेदी अभिव्यक्ति’ दिएको भन्दै कारबाहीको माग


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यार्थी जनमत संघले आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति’ दिएको भन्दै कारबाहीको माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै उनीहरुले दिएको अभिव्यक्ति ‘रंगभेदी’ रहेको भन्दै कडा कारबाहीको माग गरेको हो ।

प्रहरी कार्यालयभित्रै बर्दीमा रहेका प्रहरीमाथि ‘रंगभेदी’ व्यवहार भएको भिडियो सार्वजनिक भएको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै प्रहरी कर्मचारीमाथी प्रहरी कार्यालय मै पसेर एक मधेशी प्रहरीलाई यस किसिमको गाली बेइज्जती र अपमान गर्दा पनि चुइक्क नबोल्ने नेपाल प्रहरी कस्ता हुन ? बरु कारबाहीको सट्टा धम्की दिए अनुसार नै उल्टै त्यो प्रहरीलाई सरुवा गर्नु आफैमा हास्यास्पद कुरा हो भने प्रहरी संगठन भित्र पनि विभेद रहेको कुरा प्रष्ट हुन्छ। समाजिक अभियन्ता हुँ भन्दैमा जे पनि गर्न वा भन्न मिल्छ र ? कदापी होइन ।’

संघले रंगभेदी अभिव्यक्ति दिनेहरुमाथि कारबाही नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा यस्तो भनिएको छ-

उनीहरुले प्रहरीलाई उहाँको नाम के हो भनेर सोधेको सुनिन्छ। प्रहरीले जवाफ दिन्छन्, ‘मेरो मणिकान्त झा।’ त्यसपछि सुनिन्छ, ‘तपाई मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्नु । ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो पनि हुन्छ।’

संग्रौलाको विवादास्पद ‘रंगभेदी अभिव्यक्ति’वरुद्ध बुधबार मधेशी आयोगमा समेत उजुरी परेको थियो ।

मधेशी आयोगले घटनाका विषयमा प्रहरी प्रधान कार्यालयमा जानकारी गराएसँगै सो विषयमा छानविन शुरु भएको नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

सामाजिक सञ्जालमा अहिले उनीहरुले दिएको अभिव्यक्तिको भिडियो क्लिप भाइरल बनेको छ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : १८ बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको