मेलम्ची बाढीमा बेपत्तामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला « Khabarhub

मेलम्ची बाढीमा बेपत्तामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला


३ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बेपत्ता भएकामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ ।

हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएकामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककले जानकारी दिएको हो ।

बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो छन् ।

मेलम्ची खोलामा आएको बाढीमा परेर २० जना बेपत्ता भएको प्रारम्भिक तथ्याङ्क थियो । पछि चार जना सम्पर्कमा आएका थिए । हाल १३ जना बेपत्ता भएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले जानकारी दिए ।

बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ८ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस