आधिकारिकता दावी गर्न जसपाको यादव पक्ष निर्वाचन आयोग जाने « Khabarhub

आधिकारिकता दावी गर्न जसपाको यादव पक्ष निर्वाचन आयोग जाने


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्ष आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

आज काठमाडौंमा बसेको यादव समूहको कार्यकारिणी बैठकले बहुमत सदस्यको नागरिकता लिएर आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

पार्टीको विवाद हल गर्नका लागि आफूहरुको दिएको निवेदन पछि आयोगले कानूनको अर्कै प्रावधान अनुसार आउन सुझाव दिएको भन्दै आधिकारिताका बारेमा टुङ्गो लगाउन निर्वाचन आयोग जाने निर्णय गरिएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले भने,‘आधिकारिता दाबी गर्न निर्वाचन आयोग जाने निर्णय भएको छ ।’ यादव समूहको बैठकले चुरे क्षेत्रबाट ढुंगा गीटी वालुवा निकासी गर्ने सरकारको निर्णयको समेत विरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

आजको बैठकले बाढी पहिरो प्रभावितलाई राहत दिन समेत सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

‘बाढी पहिरो डुवानबाट प्रभावित जनताका लागि राहत र उद्धारमा खटिन पार्टीपङ्तिलाई निर्देशन दिइएको छ ।’ उनले भने ।

यादव समूहको बैठकले बाढी पहिरो डुवानलाई न्युनीकरण गर्न दीर्घकालीन योजना बनाउन सरकारसँग माग गरेको उनले जानकारी दिए ।

अध्यक्ष यादवले आजको बैठकले कसैलाई पनि कारबाही नगरेको जानकारी समेत दिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना