बढीपहिरो अपडेट : ११ को मृत्यु, २५ बेपत्ता « Khabarhub

बढीपहिरो अपडेट : ११ को मृत्यु, २५ बेपत्ता


३ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।

मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो ।

जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक/एक जनाको मृत्यु भएको हो ।

यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्कविहीन छन् । भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन् । यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक/एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए ।

आज मनाङमा समेत राहत लिएर सेनाको हेलिकप्टर पुगेको छ । अहिलेसम्म बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ । रासस

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ०७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस