आयरल्याण्डविरूद्धको अन्तिम एकदिवसीयमा दक्षिण अफ्रिका विजयी « Khabarhub

आयरल्याण्डविरूद्धको अन्तिम एकदिवसीयमा दक्षिण अफ्रिका विजयी


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आयरल्याण्डविरूद्धको अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।

डुब्लीनमा शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ७० रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्ड ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो ।

आयरल्याण्डका लागि सिमि सिंहले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् ।

दक्षिण अफ्रिकाका एडिले र ताब्रेज शाम्सीले ३/३ विकेट लिए । केशब महाराजले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि जान्नेमन मालनले अविजित रहदै १ सय ७७ रनको शतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी ककले १ सय २० रनको शतकीय इनिङ्स खेले ।

दक्षिण अफ्रीकाको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । पहिलो खेल रद्द भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ४० बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी