कृषिको व्यावसायिकीकरणमा सहकारी « Khabarhub

कृषिको व्यावसायिकीकरणमा सहकारी



झापा- कृषिको व्यावसायिकीकरणमा झापाका सहकारी संस्थाहरुले लगानी बढाउन थालेका छन् । सदस्यहरुलाई व्यावसायिक खेती तथा पशुपालनमा आकर्षित गर्न संस्थाहरुले लगानी बृद्धी गर्दै लगेका हुन् ।

बाख्रा पकेटका लागि लगानी

झापाको कमल गाउँपालिका- ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले आफ्ना ५० जना बाख्रापालन गर्ने कृषक सदस्यहरुलाई सहयोग तथा अनुदान प्रदान गरेको छ ।

संस्थाले किसानका लागि आवश्यक औषधि, भिटामिन र मिनरल्स साथै नगद  बितरण गरेको हो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमल गाउँपालिकाबाट प्राप्त भएको बाख्राको साना व्यावसायिक कृषि उत्पादन क्षेत्र पकेट कार्यक्रम अन्तर्गत १५ लाख र संस्थाको तर्फबाट १२ लाख गरि जम्मा २७ लाख रुपैयाँमा सञ्चालित कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा ३०० बाख्राको निःशुल्क बीमा, कृषकहरुलाई डालेघाँस, ५० जना कृषकलाई ५० वटा उन्नत माऊ बाख्रा, ५० वटा बाख्राको खोर मर्मत, औषधि मिनरल्स, भिटामिनसमेत बितरण गरिएको सो संस्थाका प्रबन्धक टंक प्रसाद पराजुलीले जानकारी दिए ।

तोरी जोनका लागि उद्योग

झापाको मेचीनगरस्थित सहज महिला समृद्धी बहुउदेश्यीय सहकारी संस्थाले तोरी जोन कार्यान्वयनका लागि उद्योग नै स्थापना गरेको छ ।

संस्थाले मेचीनगर १० मा २० लाख ७० हजार रुपैयाँको लागतमा आधुनिक तोरी उद्योग सञ्चालनमा ल्याएको हो । नगरका १०, १३ र १५ नम्बर वडाका किसानलाई व्यावसायिक रुपमा तोरी उत्पादनमा प्रेरित गर्न तोरी जोनको रुपमा विकास गर्न लागिएको संस्थाकी अध्यक्ष शारदा शर्माले जनाएकी छन् ।

संस्थाले गत वर्ष देखिनै किसानहरुको तोरी संकलन गरि प्रशोधन गरेर शेयर सदस्यहरुलाई तेल बिक्री गर्दै आएको छ ।

५० विगाहामा एकीकृत खेती

राष्ट्रिय खाद्य बैंकले समेत झापामा एकीकृत खेती शुरु गरेको छ । बैंकले झापाको गौरादहमा ५० विगाहा जमिनमा धान खेती लगाएको हो । वडा नम्बर २ र ७ मा बासमती धानका विभिन्न जात लगाईएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार महङ्गो मूल्यमा धान तथा चामल आयात गर्नु पर्ने अवस्थालाई केही हदसम्म भए पनि न्यूनिकरणका लागि एकीकृत तथा व्यावसायिक रुपमा धान खेती शुरु गरिएको हो । किसानसँग १० वर्षका लागि जमिन लिजमा लिएर बैंकले एकीकृत खेती गर्न थालेको हो ।

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : १० बजे

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक