कृषिको व्यावसायिकीकरणमा सहकारी | Khabarhub Khabarhub

कृषिको व्यावसायिकीकरणमा सहकारी



झापा- कृषिको व्यावसायिकीकरणमा झापाका सहकारी संस्थाहरुले लगानी बढाउन थालेका छन् । सदस्यहरुलाई व्यावसायिक खेती तथा पशुपालनमा आकर्षित गर्न संस्थाहरुले लगानी बृद्धी गर्दै लगेका हुन् ।

बाख्रा पकेटका लागि लगानी

झापाको कमल गाउँपालिका- ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले आफ्ना ५० जना बाख्रापालन गर्ने कृषक सदस्यहरुलाई सहयोग तथा अनुदान प्रदान गरेको छ ।

संस्थाले किसानका लागि आवश्यक औषधि, भिटामिन र मिनरल्स साथै नगद  बितरण गरेको हो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमल गाउँपालिकाबाट प्राप्त भएको बाख्राको साना व्यावसायिक कृषि उत्पादन क्षेत्र पकेट कार्यक्रम अन्तर्गत १५ लाख र संस्थाको तर्फबाट १२ लाख गरि जम्मा २७ लाख रुपैयाँमा सञ्चालित कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा ३०० बाख्राको निःशुल्क बीमा, कृषकहरुलाई डालेघाँस, ५० जना कृषकलाई ५० वटा उन्नत माऊ बाख्रा, ५० वटा बाख्राको खोर मर्मत, औषधि मिनरल्स, भिटामिनसमेत बितरण गरिएको सो संस्थाका प्रबन्धक टंक प्रसाद पराजुलीले जानकारी दिए ।

तोरी जोनका लागि उद्योग

झापाको मेचीनगरस्थित सहज महिला समृद्धी बहुउदेश्यीय सहकारी संस्थाले तोरी जोन कार्यान्वयनका लागि उद्योग नै स्थापना गरेको छ ।

संस्थाले मेचीनगर १० मा २० लाख ७० हजार रुपैयाँको लागतमा आधुनिक तोरी उद्योग सञ्चालनमा ल्याएको हो । नगरका १०, १३ र १५ नम्बर वडाका किसानलाई व्यावसायिक रुपमा तोरी उत्पादनमा प्रेरित गर्न तोरी जोनको रुपमा विकास गर्न लागिएको संस्थाकी अध्यक्ष शारदा शर्माले जनाएकी छन् ।

संस्थाले गत वर्ष देखिनै किसानहरुको तोरी संकलन गरि प्रशोधन गरेर शेयर सदस्यहरुलाई तेल बिक्री गर्दै आएको छ ।

५० विगाहामा एकीकृत खेती

राष्ट्रिय खाद्य बैंकले समेत झापामा एकीकृत खेती शुरु गरेको छ । बैंकले झापाको गौरादहमा ५० विगाहा जमिनमा धान खेती लगाएको हो । वडा नम्बर २ र ७ मा बासमती धानका विभिन्न जात लगाईएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार महङ्गो मूल्यमा धान तथा चामल आयात गर्नु पर्ने अवस्थालाई केही हदसम्म भए पनि न्यूनिकरणका लागि एकीकृत तथा व्यावसायिक रुपमा धान खेती शुरु गरिएको हो । किसानसँग १० वर्षका लागि जमिन लिजमा लिएर बैंकले एकीकृत खेती गर्न थालेको हो ।

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : १० बजे

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा