क्यालेण्डरमा ‘मिस पूर्वाञ्चल २०७८’ सुन्दरीहरु « Khabarhub

क्यालेण्डरमा ‘मिस पूर्वाञ्चल २०७८’ सुन्दरीहरु


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल’को आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक वर्ष निकाल्दै आएको वार्षिक क्यालेण्डर यसवर्ष केही ढिला गरी सार्वजनिक गरेको छ ।

कोभिडका कारण कुनै कार्यक्रम बिना नै सार्वजनिक गरिएको ‘मिस पूर्वाञ्चल क्यालेन्डर २०७८’मा ‘मिस पूर्वाञ्चल २०१९’का विजेता रिजु भट्टराई, ‘फस्ट रनर अप’ एन्जल राई र ‘सेकेण्ड रनरअप’ सिम्रन लिम्बू र प्रतियोगीहरु अनुशा लिम्बू र शशी विशंखेका तस्वीरहरु संग्रहित छन् ।

इमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर, ड्रेसेसरिज नेपाल, पूर्वेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका विभिन्न पहिरनमा सजिएका र फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको क्यालेण्डरमा १२ महिनाका १२ मोडलिङ फोटोहरु संग्रहित छन् ।

आयोजकले कोभिडको महामारीका कारण गतवर्ष क्यालेण्डर निकाल्न नसकेपनि यो वर्ष निरन्तरता दिनका लागि भए पनि निकालिएको जनाएका छन् । २०७६ पौष ५ मा आयोजित ‘मिस पुर्वाञ्चल’को दसौं संस्करण पछि कोभिडकै कारण प्रतियोगिता रोकिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ११ : २० बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य