क्यालेण्डरमा ‘मिस पूर्वाञ्चल २०७८’ सुन्दरीहरु « Khabarhub

क्यालेण्डरमा ‘मिस पूर्वाञ्चल २०७८’ सुन्दरीहरु


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल’को आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक वर्ष निकाल्दै आएको वार्षिक क्यालेण्डर यसवर्ष केही ढिला गरी सार्वजनिक गरेको छ ।

कोभिडका कारण कुनै कार्यक्रम बिना नै सार्वजनिक गरिएको ‘मिस पूर्वाञ्चल क्यालेन्डर २०७८’मा ‘मिस पूर्वाञ्चल २०१९’का विजेता रिजु भट्टराई, ‘फस्ट रनर अप’ एन्जल राई र ‘सेकेण्ड रनरअप’ सिम्रन लिम्बू र प्रतियोगीहरु अनुशा लिम्बू र शशी विशंखेका तस्वीरहरु संग्रहित छन् ।

इमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर, ड्रेसेसरिज नेपाल, पूर्वेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका विभिन्न पहिरनमा सजिएका र फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको क्यालेण्डरमा १२ महिनाका १२ मोडलिङ फोटोहरु संग्रहित छन् ।

आयोजकले कोभिडको महामारीका कारण गतवर्ष क्यालेण्डर निकाल्न नसकेपनि यो वर्ष निरन्तरता दिनका लागि भए पनि निकालिएको जनाएका छन् । २०७६ पौष ५ मा आयोजित ‘मिस पुर्वाञ्चल’को दसौं संस्करण पछि कोभिडकै कारण प्रतियोगिता रोकिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ११ : २० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको