धनुषामा शिक्षक नियुक्तिमा जालसाजी | Khabarhub Khabarhub

धनुषामा शिक्षक नियुक्तिमा जालसाजी


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– शिक्षक पदपूर्तिका लागि धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माविमा गत वैशाख १० गते एउटा बैठक डाकियो । बैठकमा विद्यालयमा नयाँ शैक्षिक सत्रमा शिक्षक अभाव हुन नदिन शिक्षक नियुक्त गर्ने निर्णय भयो ।

विद्यालयले गाउँपालिका र जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, धनुषाको सल्लाह अनुसार वैशाख १६ गते १० जना शिक्षक नियुक्त गर्न विज्ञापन सार्वजनिक भयो । जेठ ५ गते समन्वय इकाईको विज्ञ समूहले शिक्षक नियुक्ति गर्न अनुमति दियो र कोरोना संक्रमण घटेपछि नियुक्ति प्रक्रिया शुरू गर्न सुझायो ।

जेठ २९ गते आवेदक २७ जनाको परीक्षा जनकपुरधामस्थित ज्ञानकुप माविमा भयो । नतिजा जेठ ३१ प्रकाशन भयो । छनोट भएका १० जना शिक्षकले असार १ मै नियुक्ति पाए ।

विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिको मिलेमतोमा आफन्तलाई नियुक्त गरेको आरोप केही स्थानीयवासीले लगाएका छन् । स्थानीयवासी राजकिशोर यादवका अनुसार प्रधानाध्यापकका छोरा र भान्जा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एक जना सदस्यका छोरीले नियुक्त पाएका छन् ।

राजकिशोरले असार २० गते विद्यालय पुगेर शिक्षक नियुक्ति सम्बन्धी सूचना मागे । भोलिपल्ट विद्यालयले शिक्षक माग गरेको विज्ञापन, अनुमति मागेको पत्र लगायतका कागजात उपलब्ध गरायो ।

राजकिशोरले जिल्लाबाट खटिएको विज्ञ समूहको नामावली मागे । विद्यालयले उक्त कागजात ‘गोप्य हुने भएकाले दिन नमिल्ने’ लिखित जवाफ दियो । राजकिशोरले अनियमितता भएको आरोप लगाउँदै शिक्षक नियुक्ति रद्द गर्न माग गर्दै आन्दोलन नै चलाएका छन् ।

स्थानीय फुलगेन महतो (मगही) ले कागजी प्रक्रिया पुर्‍याए पनि परीक्षामा चलखेल गरेको आरोप लगाएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख र विद्यालय पक्षले आर्थिक लेनदेनमा शिक्षक नियुक्त गरेको उनको आरोप छ ।

‘नियुक्त भएका व्यक्ति भन्दा कयौँ गुना राम्रा र योग्य व्यक्ति छनौट भएनन्,’ फुलगेन भन्छन्, ‘नियुक्तिमा चलखेल भएकै हो । हेड मास्टरका छोरा, भान्जा; अध्यक्ष र सदस्यका छोरीको नियुक्ति चलखेलमै भएको हो ।’

दर्जनौं विद्यालयमा अवैध नियुक्ति

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख ईश्वरी ज्ञवालीका अनुसार दर्जनौँ विद्यालयमा अवैध नियुक्तिको गुनासो आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले इकाईलाई नियुक्तिबारे छाननि गर्न पत्राचार गरेको छ ।

ज्ञवालीका अनुसार धनुषाको नगराईन नगरपालिकामा प्रक्रिया मिचेर सबैभन्दा धेरै नियुक्ति भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले असार ३० गते नगराईन र धनौजी गाउँपालिकासँग नियुक्तिको विवरण मागेको छ ।

अन्य केही विद्यालयमा पनि नक्कली नियुक्ति गरेको आरोप छ ।

गुनासो बढेपछि पालिकालाई पत्राचार

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, धनुषाले असार ३० गते जिल्लाका सबै पालिकालाई पत्राचार गरेको छ । फर्जी कागजात बनाएर नियुक्ति गरेको भन्ने उजुरीहरु छन् । पत्रमा कार्यालय प्रमुख ज्ञवालीको दस्तखतबाट कुनै पनि विद्यालयमा बालविकास र कार्यालय सहयोगी नियुक्ति, पदस्थापन, सरुवा र विवरण नपठाइएको कुरा उल्लेख गरिएको छ ।

किर्ते हस्ताक्षर प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । फर्जी कागजातका आधारमा वा प्रक्रिया नपुर्‍याई नियुक्ति गरेर तलब भत्ता माग गरेको पाइएमा कार्यालयमा विवरण पठाउन भनिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १२ : ०५ बजे

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

महोत्तरी– यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् ।

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदहरूको विवरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका अस्पताल तथा स्वास्थ्य

अनेक काण्ड बाहिरिएपछि खगेन्द्रको शपथ रोकिन सक्ने, छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं- दलित अधिकारकर्मी एवम् अभियन्ता खगेन्द्र सुनारबारे एकपछि अर्को गम्भीर

खगेन्द्रविरुद्ध काभ्रेबाट यही साउनमा जारी भएको थियो पक्राउ पुर्जी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा

देशका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा

गण्डकी– कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेन सिंह