पार्टी एकता जोगाउन एमाले नेता कसरतमा « Khabarhub

पार्टी एकता जोगाउन एमाले नेता कसरतमा



काठमाडौँ– विवाद समाधान गर्न एमालेद्वारा गठित कार्यदलका सदस्यले पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा छलफल गरेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठकले विवाद समाधानका लागि गठित कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई आधार बनाएर पार्टी एकता जोगाउने बारेमा छलफल गरेको नेता गोकर्ण विष्टले जानकारी दिए ।

उनले भने, ‘विगतका १० बुँदे सहमतिलाई आधार बनाएर कसरी एमाले एकता जोगाउने भन्ने विषयमा अनौपचारिक छलफल गरेका हौं ।’ उनले कार्यदलको बैठक नभएर स्थायी कमिटीका सदस्यहरुको बैठक भएको बताए ।

उनले भने, ‘स्थायी कमिटीका बिचको अनौपचारिक भेटघाट हो । कार्यदलले गरेको सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भन्ने विषयमा छलफल गरेका हौं । हामी सबैको गम्भिर सरोकार भनेको पार्टी एकता जोगाउने हो ।’

एमालेले गठन गरेको तर शुक्रबार भंग गरेको कार्यदलका सदस्यहरुका बिचमा अनौपचारिक छलफल भएको भन्दै नेता विष्टले पार्टी एकता जोगाउन पार्टी पंक्तीमा रहेको चिन्ताअनुसार अनौपचारिक छलफलमा बसेको जानकारी दिए । उनले भने, ‘एमालेलाई एकताबद्ध गर्न आम पार्टी पंक्ति चिन्तित छ । स्थायी कमिटीका केही सदस्यहरु अनौपचारिक छलफल गरेका हौं । एकताबद्ध बनाउन हामीले हाम्रा प्रयत्न गरिरहेका छौं । पार्टीभित्र देखिएको मनमुटाव कम गर्दै एकताबद्ध बनाउँछौं भन्ने सन्देश दिन खोजेको हो ।’

आफ्नो ठाउँबाट पार्टी एकता जोगाउन प्रयत्न जारी राख्ने विषयमासमेत छलफल भएको स्थायी कमिटी सदस्य विष्टले जानकारी दिए ।

बैठकमा कार्यदलले गरेको सहमतिअनुसार एमाले एकता कसरी जोगाउने भन्नेबारेमा छलफल भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन भयो भने एकता जोगिने विश्वास छ ।’

एमालेले विवाद समाधान गर्न गठन गरेको कार्यदल भंग गर्ने निर्णय शुक्रबार मात्रै गरेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १२ : ५० बजे

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा

कोशी प्रदेश सभापतिमा पराजित भएपछि सरिनले छाडिन् रास्वपा

सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको प्रथम अधिवेशनमा

कसले जित्ला विश्वकप ? ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० देशले नजित्ने संयोग !

काठमाडौं- यसपालीको विश्वकप कसले जित्ला ? यो अहिले विश्वभरका फुटबल

शून्य प्रगतिको अवस्थामा रहेका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले दियो सुझाव

काठमाडौं– विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको