एक वर्षदेखि पहिरापीडित टेन्टमै | Khabarhub Khabarhub

एक वर्षदेखि पहिरापीडित टेन्टमै


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरापीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य छन् । पहिराले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घरपरिवार पुनःस्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

गत वर्ष असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् । वर्ष दिन बितिसक्दासमेत पुनःस्थापना गर्न तीनै तहका सरकारले चासो देखाएको छैन । पहिराले घर बगाएका पीडितले ओत लाग्ने छानोसमेत पाएका छैनन् ।

हिउँद लागेपछि घरमै बसेका पहिरो पीडित घर बग्ने हो कि भन्ने चिन्तामा छन् । पहिराको उच्च जोखिम भएका कारण पानी पर्न थालेपछि घर बगाउने डरले टेन्टमै बसिरहेको स्थानीयवासी हीरालाल राईले बताए । गत वर्ष असार २८ गतेपछि पनि साना–साना पहिरो गइरहेका कारण घर छाडेर घरभन्दा केहीमाथि चित्रेमा टेन्टमै बसिरहेको स्थानीयवासी डम्बरबहादुर राईले गुनासो गरे ।

जोखिम भए पनि गाउँ छाडेर जाने ठाउँ नभएपछि केही घरपरिवार बेसिन्दामै बसिरहेको उनले जानकारी दिए । बेसिन्दामा ११८ घरपरिवारमध्ये अधिकांश परिवार जोखिम मोलेर बसिरहेका उनले बताए ।

गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले पहिरो पीडित ९७ परिवारमध्ये ५५ घरपरिवारलाई खाँदबारी नगरपालिकामा पुनःस्थापना गर्न लागिएको जानकारी दिए । उनले पीडितको इच्छा गरेका केही ठाउँमा पुनःस्थापना गर्न लागिएको बताए ।

त्यसैगरी २५ परिवारका लागि सिलिचोङ–१ मै रहेको चित्रे, १२ परिवारलाई बखल्टुमटार र अन्य पाँच परिवारलाई सोही क्षेत्र आसपास पुनःस्थापना गर्ने तयारी भइरेहको उनले जानकारी दिए ।

पुनःस्थापना लागि राख्न चित्रेमा र बखलटुङमा जग्गा खरिद गरेर राख्ने प्रक्रिया शुरु गरिएको उनी बताउँछन् । चित्रेमा २९ परिवारका लागि ३० रोपनी र बखलटुङमा १८ परिवारलाई राख्नका लागि नौ रोपनी जग्गा खरिद गर्ने तयारी गरिएको उनले बताए।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : ०७ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल