एक वर्षदेखि पहिरापीडित टेन्टमै « Khabarhub

एक वर्षदेखि पहिरापीडित टेन्टमै


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरापीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य छन् । पहिराले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घरपरिवार पुनःस्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

गत वर्ष असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् । वर्ष दिन बितिसक्दासमेत पुनःस्थापना गर्न तीनै तहका सरकारले चासो देखाएको छैन । पहिराले घर बगाएका पीडितले ओत लाग्ने छानोसमेत पाएका छैनन् ।

हिउँद लागेपछि घरमै बसेका पहिरो पीडित घर बग्ने हो कि भन्ने चिन्तामा छन् । पहिराको उच्च जोखिम भएका कारण पानी पर्न थालेपछि घर बगाउने डरले टेन्टमै बसिरहेको स्थानीयवासी हीरालाल राईले बताए । गत वर्ष असार २८ गतेपछि पनि साना–साना पहिरो गइरहेका कारण घर छाडेर घरभन्दा केहीमाथि चित्रेमा टेन्टमै बसिरहेको स्थानीयवासी डम्बरबहादुर राईले गुनासो गरे ।

जोखिम भए पनि गाउँ छाडेर जाने ठाउँ नभएपछि केही घरपरिवार बेसिन्दामै बसिरहेको उनले जानकारी दिए । बेसिन्दामा ११८ घरपरिवारमध्ये अधिकांश परिवार जोखिम मोलेर बसिरहेका उनले बताए ।

गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले पहिरो पीडित ९७ परिवारमध्ये ५५ घरपरिवारलाई खाँदबारी नगरपालिकामा पुनःस्थापना गर्न लागिएको जानकारी दिए । उनले पीडितको इच्छा गरेका केही ठाउँमा पुनःस्थापना गर्न लागिएको बताए ।

त्यसैगरी २५ परिवारका लागि सिलिचोङ–१ मै रहेको चित्रे, १२ परिवारलाई बखल्टुमटार र अन्य पाँच परिवारलाई सोही क्षेत्र आसपास पुनःस्थापना गर्ने तयारी भइरेहको उनले जानकारी दिए ।

पुनःस्थापना लागि राख्न चित्रेमा र बखलटुङमा जग्गा खरिद गरेर राख्ने प्रक्रिया शुरु गरिएको उनी बताउँछन् । चित्रेमा २९ परिवारका लागि ३० रोपनी र बखलटुङमा १८ परिवारलाई राख्नका लागि नौ रोपनी जग्गा खरिद गर्ने तयारी गरिएको उनले बताए।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : ०७ बजे

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर