पत्रकार बुढाथोकीमाथि धम्की दिने बोटलर्स नेपाललाई कारबाही गर्न महासंघको माग « Khabarhub

पत्रकार बुढाथोकीमाथि धम्की दिने बोटलर्स नेपाललाई कारबाही गर्न महासंघको माग


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार लेखेकै कारण पत्रकार बुढाथोकीमाथि ज्यानको असुरक्षा हुने गरी धम्की आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले कानूनी कारबाही गर्न सम्बन्धितसमक्ष माग गरेको छ ।

‘बोटलर्स नेपालको ७३ प्रतिशत शेयर नेपाललाई थाहै नदिई नेपालबाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा पत्रकार बुढाथोकीले फलोअपसहित समाचार लेखेपछि बोटलर्स नेपालको व्यवस्थापनले ट्रेड युनियनका प्रतिनिधिलाई धम्की दिई पत्रकार बुढाथोकीको नाम नै तोकेर बैठकमा तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराउनुका साथै केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराउनुभएको छ,’ महासंघले शनिबार जारी गरेको विज्ञप्ति उल्लेख छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको काम भएको महासंघको ठहर छ ।

यस्ता हर्कतले पत्रकारको सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको महासंघको ठहर छ ।

महासंघले भनेको छ, ‘महासंघ घटनाको छानबिन गरी पत्रकारलाई असुरक्षित बनाउने र पत्रकारविरुद्धमा यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।’

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : १४ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल