गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता | Khabarhub Khabarhub

गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।

साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ ।

त्यसैगरी अविरल वर्षासँगै गएको पहिरोले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति पुर्‍याएको छ । पार्किङ गरिराखेको प्रदेश ०३–०१–०२२ च ९४१८ नंको सो जिप राखेको ठाउँमा पहिरासँगै ८०/८५ मिटर तल पुगी पूर्णरुपमा क्षति भएको हो । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : १५ बजे

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

तनहुँ– तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौं– सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित

म्याग्दी– नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल