मोहन वैद्य र नेत्रविक्रम चन्दबीच भेटवार्ता « Khabarhub

मोहन वैद्य र नेत्रविक्रम चन्दबीच भेटवार्ता


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’बीच भेटवार्ता भएको छ ।

पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका चन्दले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन् ।

दुई नेताबीचको भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट नेताहरुले बताएका छन् । भित्री कुराकानी नखुलाएपनि माओवादी ध्रुवीकरणका विषयमा छलफल भएको नेताहरुको भनाइ छ ।

तत्कालीन एकिकृत माओवादी केन्द्रबाट छुट्टिएका वैद्य र चन्द पछि अलग्गिएका थिए । वैद्यको कार्यशैलीबाट असन्तुष्ट रहेका चन्दले छुट्टै पार्टी गठन गरेका थिए ।

केपी ओली सरकारसँग तीन बुँदे सहमति गर्दै शान्ति प्रक्रियामा आउने सम्झौता गरेको चन्द समूहले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै आएको छ । ओली सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नभएपछि नयाँ सरकार गठन भएलगत्तै महासचिव चन्दको दौडधुप बढेको छ ।

यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व माओवादी नेता एवं हाल जसपाका केन्द्रीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ४५ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल