ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र « Khabarhub

ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो ।

विसं २०४९ जेठ २ गते ट्र्याक खोलिएको उक्त खण्डमा ३०० मिटर सडक कालोपत्र भएपछि स्थानीयवासी खुशी छन् । स्थानीयवासी हर्कबहादुर गुरुङले लामो समयपछि सडक कालोपत्र हुँदा खुशीको सीमा नै नरहेको बताए । “त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग गर्‍यौँ । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई दुई दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्र्याक खोलिएको थियो”, उनले भने ।

तत्कालीन समयमा भिमाद हुँदै तनहुँका दक्षिण क्षेत्र जाने मुख्य सडक नै यही थियो । अहिलेको तिम्लिसिना चोकबाट टुँडा हुँदै शान्तिनगर–स्याउली बजार झरेर भिमाद जाने सडक ट्र्याक खोलिएको थियो । केही वर्ष यही सडक चल्यो । पछि फराकिलो बनाउँदा यहाँका थुप्रै घर भत्काउनुपर्ने अवस्था आएपछि सडक भिमादचोकबाट भोटेपानी हुँदै शान्तिनगर डाइभर्ट गरिएको थियो । ट्र्याक फेरिएपछि स्थानीयवासीको चासो नहुँदा सडकको मुहार फेरिन निकै लामो समय लागेको गुरुङले बताए । गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सडक कालोपत्र गरिएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिए । रु ४० लाख ६० हजार ३४७ को लागतमा सडक कालोपत्र गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले रु १७ लाख ५० हजार र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पूर्वाधार विकास कार्यक्रममार्फत रु पाँच लाख बजेट उपलब्ध गराएकी थिइन् । स्थानीयवासीले रु १८ लाख १० हजार ३४७ लागत साझेदारी गरेका छन् । वडाध्यक्ष क्षेत्रीका अनुसार ३०० मिटर सडक कालेपत्रसँगै छ सय मिटर पक्की नाला बनाइएको छ । वडाले उपभोक्तासँगको साझेदारीमा सडक कालोपत्रलाई प्राथमिकता दिएको उनले बताइन् । कालोपत्र नहुँदासम्म यो सडकको अवस्था वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो ।

ट्र्याक खोलेको २९ वर्षमा घरदैलोको सडक चिल्लो भएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् । तर टुँडाको प्रवेशद्वार खैरेनीटार साना शहरी खानेपानी आयोजनाको ट्याङ्कीबाट झण्डै ५०० मिटर सडकको अवस्था भने बिजोग छ । यो खण्ड पनि कालोपत्र गर्न स्थानीयवासीको माग छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ३० बजे

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा