तीन गुणाले बढ्यो सवारी दुर्घटना « Khabarhub

तीन गुणाले बढ्यो सवारी दुर्घटना


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ ।

कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।

झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए ।

आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आव २०७७/७८ मा रू तीन करोड ६९ लाख ५३ हजार ५०० राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उलङ्घन गर्ने बस, ट्रक, ट्र्याक्टर, कार, मोटरसाइकल, टेम्पोलगायतका ५३ हजार १०० सवारी साधनलाई कारवाही गर्दा उक्त रकमको राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : १० बजे

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा