अध्यादेशको चर्चापछि ओलीले डाके स्थायी कमिटी र संसदीय दलको बैठक « Khabarhub

अध्यादेशको चर्चापछि ओलीले डाके स्थायी कमिटी र संसदीय दलको बैठक


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसदको दुबै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चापछि नेकपा एमालेमा तरंगित बनेको छ ।

अधिवेशन अन्त्यको सूचना सार्वजनिक भएसँगै आफू निकटका नेताहरुसँग सोमबार राति नै छलफल गरेर पार्टी एकताका लागि एक जुट आह्वान गरेका ओलीले आज  स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज विहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी छ ।  स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्ने जनाइएको छ ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टीका बैठक अघि बढाएको भन्दै नेपालसँग ओली सकारात्मक छैनन् ।

एमाले विवाद ‘वारपार’ नहुँदा माधव नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहाना पूरा हुन सकेको छैन ।

नेपाल पक्ष सरकारमा सहभागी हुन चाहे पनि मौजुदा कानुनी व्यवस्था बाधक भएको भन्दै सरकारमा जान सकिरहेको छैन । तर, दल विभाजनसम्बन्धी सहज व्यवस्थासहितको अध्यादेश आए नेपाल पक्ष नयाँ दल खोलेर सरकारमा जान तयार भएपछि देउवाले अध्यादेश ल्याउन लागेको चर्चा चुलिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : ५५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा