अध्यादेशको चर्चापछि ओलीले डाके स्थायी कमिटी र संसदीय दलको बैठक « Khabarhub

अध्यादेशको चर्चापछि ओलीले डाके स्थायी कमिटी र संसदीय दलको बैठक


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसदको दुबै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चापछि नेकपा एमालेमा तरंगित बनेको छ ।

अधिवेशन अन्त्यको सूचना सार्वजनिक भएसँगै आफू निकटका नेताहरुसँग सोमबार राति नै छलफल गरेर पार्टी एकताका लागि एक जुट आह्वान गरेका ओलीले आज  स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज विहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी छ ।  स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्ने जनाइएको छ ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टीका बैठक अघि बढाएको भन्दै नेपालसँग ओली सकारात्मक छैनन् ।

एमाले विवाद ‘वारपार’ नहुँदा माधव नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहाना पूरा हुन सकेको छैन ।

नेपाल पक्ष सरकारमा सहभागी हुन चाहे पनि मौजुदा कानुनी व्यवस्था बाधक भएको भन्दै सरकारमा जान सकिरहेको छैन । तर, दल विभाजनसम्बन्धी सहज व्यवस्थासहितको अध्यादेश आए नेपाल पक्ष नयाँ दल खोलेर सरकारमा जान तयार भएपछि देउवाले अध्यादेश ल्याउन लागेको चर्चा चुलिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ७ : ५५ बजे

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा